मधेस प्रदेश राजनीति

मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीहरुले दिए सामुहिक राजीनामा

सप्तरी, चैत २१ गते । मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सरकारबाट बाहिरिएसँगै एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् ।
एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानुनमन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।
सामुहिक रुपमा मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएको राजकुमार लेखीले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page