खेलकुद

सप्तरी प्रिमियर लिग : तेस्रो दिनको पहिलो खेलमा छिन्नमस्ता लायन्स ३६ रनले विजयी

कञ्चनरुप, ५ असार । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको तेस्रो दिन सम्पन्न पहिलो खेलमा शरद भेस्वाकर कप्तानीको छिन्नमस्ता लायन्स विजयी भएको छ । मंगलबार भएको पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज द किंगलाई ३६ रनले पराजित गरेको हो ।
छिन्नमस्ताले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा राजविराज द किंगले १९ ओभरमा सबै विकेट गुमाएर १२२ रनमा सीमित हुन पुग्यो। जसमा अभिषेक कार्कीले सर्वाधिक ४१ रन बनाए । बिक्रम सोबले २८ तथा तृतराज दासले १८ रन बनाए।
टस हारेर ब्याटिङ गरेको छिन्नमस्ताले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतीमा १५८ रन बनाएको थियो। छिन्नमस्ताको लागि राहुल मण्डलले सर्वाधिक ५० रन बनाए। प्लेयर अफ द म्याच घोषित मण्डलले ४० बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै शुभ कंसाकारले १९ बलमा ३२ रन बनाए। हिमांशु दत्ता र पप्पु यादवले समान १६ रन बनाए। कप्तान शरद भेसावकरले ११ रन बनाए।
राजविराजको तर्फबाट बलिंगमा अभिषेक कार्की, तृतराज दास र सन्तोष कार्कीले २÷२ तथा बिक्रम सोबले १ विकेट लिए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page