आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
मधेस प्रदेश

विद्यालयको गेटले थिचिएर सर्लाहीमा युकेजीमा अध्ययनरत एक विद्यार्थीको मृत्यु

सर्लाही । विद्यालयको कम्पाउण्ड वालमा हालिएको गेटले थिचिएर सर्लाहीमा एक विद्यार्थीको मृत्यु भएको छभने अर्का एक जना घाइते भएका छन्।
सोमबार बिहान हरिवन नगरपालिका वडा नम्बर ९ नयाँरोडस्थित रहेको ज्ञानज्योति बोर्डिङ स्कूलको कम्पाउण्ड वालको मूलगेट लडेर थिच्दा युकेजीमा अध्ययनरत आयुष वलको मृत्यु भएको प्रहरीले जनाएको छ।
गेटले थिच्दा सोही स्कूलको कक्षा २ मा पढ्ने ७ वर्षीय आदित्य लो घाइते भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
विद्यालयभित्र छिर्ने बेलामा गेट एक्कासी लड्दा दुई विद्यार्थी थिचिएका थिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page