आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरी : खाल्डोमा जमेको पानीमा डुबेर एक ८ वर्षीय बालकको मृत्यु

कञ्चनरुप, १ श्रावण । खाल्डोमा जमेको पानीमा डुबेर सप्तरीमा एक ८ वर्षीय बालकको मृत्यु भएको छ ।
सोमबार दिउँसो जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी वल्लभ नर्सिङ्ग माध्यमिक विद्यालयको छेउमा खनिएको खाल्डोमा डुबेर स्थानीय महादेव खंगको ८ वर्षीय छोरा गोविन्द खंगको मृत्यु भएको हो ।
खेतमा धान रोप्न गएका आमासंगै उक्त ठाउँ पुगेका बालक विद्यालयको पूर्वाधार निर्माण कार्य गर्ने क्रममा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको स्थानीय नविन यादवले बताए ।

बालकको शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको तथा घटना बारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page