मधेस प्रदेश समाचार

मधेश प्रदेशकी सांसद विन्दुकुमारी यादवको निधन

जनकपुरधाम । मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको मंगलबार विहान निधन भएको छ।
जनता समाजवादी पार्टी (जसपा) की प्रदेश सांसद ४१ वर्षीया यादवको आज बिहान जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी लामो समयदेखि पाठेघरको मुखको क्यान्सरबाट ग्रसित थिइन् ।
सांसद यादवको पार्थिव शरीर जनकपुरस्थित पार्टीको प्रादेशिक कार्यालयमा राखिने र त्यहीबाट अन्तिम बिदाई गरिने छ ।
यादव गत निर्वाचनमा जसपाबाट समानुपातिक सांसद बनेकी थिइन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page