शिक्षा

विद्यालय स्तरिय बालिका शिक्षा तथा बालविवाह विषयमा वक्तित्वकला प्रतियोगिता सम्पन्न

राजविराज ,२०७७ पुष १८ गते । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ मा विद्यालय स्तरिय बालिका शिक्षा तथा बालविवाह विषयमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ।
परिकल्पना नेपाल सप्तरीद्वारा संचालित बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत आयोजित वक्तित्वकला प्रतियोगितामा ग्रीन बोर्डिङ स्कुलकी छात्रा स्वस्तिका झा प्रथम ,श्रृजना बोर्डिङ स्कुलकी उषा सुतिहार द्वितीय र सोही स्कुलकी दीक्षा झा तृतीय भएकी छन्।
प्रथम हुनेलाई रू १ हजार ५ सय,द्वितीय हुनेलाई १ हजार र तृतीय हुनेलाई रू ५ सय र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो भने प्रमुख अतिथि तथा राजविराज नगरपालिकाकी उपमेयर साधना झाले पुरस्कार प्रदान गर्नुभएको थियो।
प्रमुख अतिथि झाले बालविवाह तथा महिला हिंसा न्यूनीकरणका लागि बालबालिका र महिला सशक्तिकरणमा जोड दिनुपर्ने बताउनुभयो । बालविवाहबाट वच्न छात्राहरुले वकालत गर्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो अभिभावकले भनेको सकारात्मक काममा सहकार्य गर्नुपर्छ भने नाकारात्मक कामको विरोध गरेर आत्मनिर्णयको अधिकार प्रयोग गर्नुपर्छ।
उहाँले यस्ता कार्यक्रमहरू बेलाबेलामा गरेर सकारात्मक सन्देश सँगै छात्राहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

   

You cannot copy content of this page