बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

बिराटनगरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

बिराटनगर, फागुन ०८ गते । बिराटनगरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री बुढिगंगा गाउँपालिका १ की ६० वर्षीया धनमाया खतिवडा रहेकी छन् ।
मोरङको बिराटनगर महानगरपालिका ३ दुध फारम स्थितमा सोमबार अपरान्ह साढे ५ बजे ईटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको प्रदेश १(०१(०१४ प। १२१५ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री खतिवडालाई ठक्कर दिँएको थियो ।
मोटरसाईकलको ठक्करबाट घाईते भएकी खतिवडालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न ठक्कर दिने मोटरसाईकल र चालक ईटहरी ४ सुनसरीका ३० वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page