समाचार

सप्तरीका सिडिओ थापाको सरुवा ,मेख बहादुर मंग्राती आउँदै

कञ्चनरुप । सप्तरीका सिडिओ किरण थापाको सरुवा भएको छ । थापालाई गौतमबुद्ध अन्तरास्ट्रिय विमान स्थल भैरवामा प्रमुख अध्यागमन अधिकृतका रुपमा सरुवा गरिएको छ ।
यता सप्तरीमा भने मेख बहादुर मंग्रातीलाई सिडिओको जिम्मेवारी दिइएको छ । उनी जिल्ला प्रशासन कार्यालय पाँचथरबाट सरुवा भएर आउँन लागेका हुन् ।
गृह मन्त्रालयले बुधबार १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित २५ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले सुनसरी, कास्की, चितवन, मकवानपुर, सप्तरी, सर्लाहीलगायत जिल्लाका सिडिओलाई सरुवा गरेको हो ।

   

You cannot copy content of this page