मधेस प्रदेश समाचार समाज

ट्याक्टर दुर्घटना :मृत्यु भएका तथा घाइतेको पहिचान खुल्यो, कञ्चनरुप-७ का १० र १२ का ७ जना घाइते

कञ्चनरुप, २० जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका ३ सुब्बाटोलमा शनिबार राती भएको ट्याक्टर दुर्घटना परी मृत्यु भएका तथा घाइतेहरुको सनाखत भएको छ ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ वर्षीय सुशिल राम भन्ने खगेन्द्र कुमार राम र सिरहाको लाहान १९ का ३२ वर्षीय मोहम्मद ईसाद रहेको सप्तरी प्रहरीले जनाएको छ।
घाइते हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका ७ वस्ने गणेश कुमार साह, सोही ठाउँका ३० बर्षिय प्रेम सरदार, ३० बर्षिय अर्जुन राम,३० बर्षिय गणेश राम, ३० बर्षिय दिनेश राम, बर्ष ३१ को अजय राम, बर्ष २६ को अरुण राम, बर्ष २६ का दिनेश कुमार राम, बर्ष ३० का रमेश राम, बर्ष ३० का धिरेन सरदार रहेका छन् ।
यसैगरी अन्य घाइतेहरुमा सोही नगरपालिका वडा नम्बर १२ का बर्ष २१ की हजारा खातुन, बर्ष २७ को आनन्द सदा, बर्ष ३२ को मोहम्मद नौसाद मियाँ, बर्ष २७ को मोहम्मद अकबर मियाँ, बर्ष २७ की मुनी खातुन, बर्ष २८ को मोहम्मद मुकिम, बर्ष १२ को नासिन अलि, सिरहा लहान नगरपालिका २ को बर्ष ३६ को विक्रम सिंह, भारत घर भएका बर्ष २५ को विकास कुमार पासवान, बर्ष २२ का राजेश कुमार राम, बर्ष ३३ का सुरज कुमार रहेका छन् ।
घाइते मध्ये १४ जनाको विराटनगर स्थित गोल्डेन सिटी अस्पताल र अन्यको कञ्चनरूप १२ स्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आँप टिपेर बेलुका करिब साढे ७ बजेको समयमा हुलाकी सडक भएर कञ्चनपुरतर्फ जाँदै गरेकोस १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना भएको थियो। दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक दुबै जनाको शव गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page