समाचार समाज

मनकामना बहुमुखी सहकारी संस्थाका संचालक समिति अध्यक्ष चौधरीको निधन

खगेन्द्र कार्की /
फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा रहेको मनकामना बहुमुखी सहकारी संस्थाका संचालक समिति अध्यक्ष अशोककुमार चौधरीको आइतबार न्युरो हस्पिटल बिराटनगरमा निधन भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–२, प्रसाहा निवासी समाजसेवी ५६ वर्षीय चौधरीको उच्च रक्तचाँपका कारण पक्षघात भई एक महिनादेखि न्युरो हस्पिटल बिराटनगरमा उपचारकै क्रममा आईतबार विहान निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीका अध्यक्ष समेत रहेको चौधरी जेठ ११ मा रक्तचाप बढेर अचानक घरमै वेहोस भएपछि उनलाई तत्कालै उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल लगिएको थियो।
चौधरी प्रसाहा सामुदायिक वनबाट प्रतिनिधित्व गर्दै सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीको अध्यक्ष चुनिएका थिए ।
सप्तकोसी नगरपालिकामा २०७४ मा भएको स्थानीय तह निर्वाचनमा मेयर पदका प्रत्यासित उम्मेदवार समेत रहेका चौधरी फत्तेपुरमा रहेको मनकामना बहुमुखी सहकारी संस्थाका विगत लामो समयदेखि अध्यक्ष समेत रहेका थिए । दर्जनौं सामाजिक संघसंस्थामा आवद्ध रहि आर्थिक तथा सामाजिक रूपान्तरमा अविस्मरणीय योगदान गर्दै आएका चौधरी
होटल तथा काठ ब्यवसायमा संलग्न थिए ।
उनका श्रीमतीसहित १ छोरा १ छोरी र नातिनातिना रहेका छन् ।

   

You cannot copy content of this page