समाचार

सप्तरीको मैनाकडेरीमा एक युवक झुन्डिएको अवस्थामा मृत फेला

कञ्चनरूप, २३ साउन । सप्तरीको तिरहुत गाउँपालिका-२ मैनाकडेरीमा एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्  । स्थानीय इनुस मंसुरीको २४ वर्षीय कान्छो छोरा आईजु मंसुरी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 
बुधबार बिहान घरबाट ५ सय मिटर पर रहेको महुली खोला किनारमा रुखको हांगामा गम्छाको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ ।
 घटना स्थलमा प्रहरी पुगेर घटनाको सबै प्रक्रिया पुरा गरि मृतक युवकको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page