बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

झापाबाट कटुवा पेस्तोल सहित ६२ वर्षीय पुरुष पक्राउ

झापा, भदौ ०६ गते । झापाबाट कटुवा पेस्तोल सहित ६२ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका- ४ का ६२ बर्षीय ईन्द्र बहादुर आङ्देम्बे रहेका छन् ।
बुधबार राती ८ बजे आङ्देम्बेले घरमा अवैध हात हतियार राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घर भित्र खानतलासी गर्दा लुकाई छिपाई राखेको १ थान अबैध हतियार कटुवा पेस्तोल बरामद गरेसँगै आङ्देम्बेलाई पक्राउ गरेको हो ।
कटुवा पेस्तोलसहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page