समाचार समाज

त्रियूगा नदीमा मुर्ति सेलाउने क्रममा डुबेर एक युवकको मृत्यु

 कञ्चनरूप , १२ भदौ । सप्तरीको सप्तकोशी नगरपालिका १  स्थित त्रियूगा नदीको हेडबाँधमा बुधबार मुर्ति सेलाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका वडा नम्बर २ पर्सा सत्यनारायण टोलका राम कुमार राजधामीको २२ वर्षिय छोरा रोहन राजधामी थारुको मूर्ति सेलाउने क्रममा त्रियूगा नदीमा डुबेर मृत्यु भएको हो । 

श्रीकृष्णको मुर्ति सेलाउने क्रममा मध्यान्ह १२ बजे त्रियूगा नदिको हेडबाँध नजिक एकघण्टासम्म पानीमै वेपत्ता भएको उनलाई स्थानीय युवाहरुले खोजी गरी बाहिर निकाल्दा श्वास फेरेको जस्तो गरेपछि तत्कालै अस्पताल पठाएको सप्तकोसी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेनले जानकारी दिनुभयो । 

राजधामीलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागी भर्ना गरिएतापनि तत्कालै चिकित्सकले मृत  घोषणा गरेको वडा अध्यक्ष हुसैनले बताउनुभयो  ।

   

You cannot copy content of this page