समाचार

प्रहरीद्वारा कोशी ब्यारेजबाट बरामद १ सय १५ किलो गाँजा आगो लगाई नष्ट

कञ्चनरूप , १२ भदौ । सप्तरी प्रहरीले कोशि ब्यारेज स्थित गोल घरबाट बेवारिसे अवस्थामा बरामद गरेको १ सय १५ किलोग्राम गाँजा आगो लगाई नष्ट गरेको छ । 
इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ स्थित कोशि व्यारेजको गोल घरबाट बोरामा रहेको उक्त बेवारिसे गाँजा बरामद गरेको हो ।
उक्त गाँजा सरोकारबालाहरुको रोहबरमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरले आगो लगाई नष्ट गरेको छ । 
उक्त गाँजा किन र कसले राखेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
इलाका प्रहरी कार्यालय भारदहले उक्त बरामद गरेको गाँजा ईप्रका कञ्चनपुरलाई बुझाएको थियो ।

   

You cannot copy content of this page