कोशी प्रदेश समाचार

सप्तकोशी नदीबाट तस्करी गरिएको २ सय ४८ केजी गाँजा बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट सशस्त्र प्रहरीले करीब २ सय ४८ केजी गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले सोमबार राति उक्त गाँजा बरामद गरेको हो । 
सप्तकोशी नदीमा चेकजाँच गर्ने क्रममा ३ वटा ट्यूबमाथि ८ वटा बोरा आएको देखिएपछि नदी किनारामा निकालेर हेर्दा अवैध लागू औषध गाँजा रहेको प्रहरीले जनाएको छ।
बरामद गाँजा र ट्युब आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

   

You cannot copy content of this page