समाचार

कोशी ब्यारेजमा गाइघाट जाँदै गरेको यात्रुवाहक बस खस्यो

कञ्चनरूप, १० असोज । विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस साँझ ६ बजेतिर कोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको छ ।

विराटनगरबाट गाईघाटतर्फ जादै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको हो । 
बस साझ करिब ६:०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको थियो  ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २० जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । 
बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। ब्यारेजको ३४ र ३६ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको वाल भत्काएर नदीमा खसेको प्रहरीले जनाएको छ।
बसमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन। 
बसका चालक सिरहाको लहान नगरपालिका वडा नम्बर ८ बस्ने ३५ बर्षीय चन्दन कुमार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

   

You cannot copy content of this page