समाचार

कोसी ब्यारेज पुलमा सवारी आवतजावतमा रोक


कञ्चनरूप । सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ । 
ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवत जावतमा रोक लगाउने निर्णय भएको प्रशासनले जनाएको छ । 
प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि यातायातका साधन आवजतावमा रोक लगाएको हो। 
विगत तीन दिनदेखि परिरहेको अबिरल बर्षाको कारण कोशी ब्यारेजमा पानीको सतह अत्याधिक भई खतराको संकेत समेत पार गरिसकेकोले सर्वसाधारणको सुरक्षाको लागि आज मिति २०८१।०६।१२ गते दिनको ४:०० बजेदेखि अर्को सूचना जारी नभए सम्मको लागि कोशी व्यारेजको पुलबाट मानिस तथा सबै प्रकारका सवारी साधनहरुको आवतजावत बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 
अत्यावश्यक कामको लागि बैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध छ ।

   

You cannot copy content of this page