कोशी प्रदेश समाचार

सुनसरी तरहरा आसपासमा भारी वर्षा, खोला किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह

विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
पछिल्लो ३ घण्टामा तरहरामा ६६.८ मिलिमिटर र केराबारी क्षेत्रमा ५२.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
सर्दु ,सुनसरी खोला ,बुढी खोला, खेसलिया खोलालगायत अन्य स-साना खोलामा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

   

You cannot copy content of this page