समाचार

बाढीले भत्काएको कोशी ब्यारेज पुलको मर्मत सम्भार गर्न थालियो 

राजविराज । सप्तकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेज पुलको मर्मत सम्भार गर्न थालिएको छ । गत शनिबार आएको बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो।  
अत्यधिक वर्षा भएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो। पानी कोशी ब्यारेज पुल माथिबाट बग्न थालेको थियो। बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको हो ।
कोशी नदीमा पानीको बहाव क्रमिकरुपमा घट्दै गएको छ । पानीको बहाव घटेर प्रतिसेकेण्ड १ लाख ३८ हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

   

You cannot copy content of this page