समाचार

भन्सार छली ल्याउँदै गरेको २१ लाखबढीको कपडा र कारसहित एकजना प्रहरी नियन्त्रणमा

कञ्चनरूप, १२ कार्तिक । सप्तरी प्रहरीले भारतबाट भन्सार छली ल्याउँदै गरेको २१ लाखबढीको कपडा र कारसहित एकजनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ विसनपुर टोलका २४ वर्षीय सनाबुललाई प्रहरीले  नियन्त्रणमा लिएको हो । 
आइतबार ८ बजेको समयमा इलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
 उनलाई  बोदेबर्साईन न.पा. वडा नं. ३ गौरा थान अगाडी सडक खण्ड स्थितमा भारतको लौकही तर्फबाट सप्तरीको राजबिराज तर्फ आउदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
  प्र.३-०१-०२३ च ८०२५ नम्बर सेन्टोज कम्पनीको चारचके गाडी(कार) चेकजाँच गर्दा उक्त गाडीमा भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको २१ लाख १३ हजार १ सय रुपैया बराबरको कपडा र गाडी(कार) बरामद गरेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो  ।
 उनलाई  प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि  राजविराज भन्सार कार्यालयमा बुझाईएको डिएसपी बस्नेतले बताउनुभयो । 

   

You cannot copy content of this page