बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

दार्चुलामा तिर्थालु बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । दार्चुलामा शुक्रबार बिहान तिर्थालु बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
तिर्थालु बोकेको जिप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना भएको र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । 
मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वर तर्फ गइरहेको म १ ज ३३८ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । 
जिप सडकबाट धेरै तल खसेकाले केही यात्रु घाइते भएको हुनसक्ने र रातिको समयमा दुर्घटना भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page