बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सप्तरीको भगनी मलेठमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

कञ्चनरूप, ३० कार्तिक । सप्तरीको सप्तकोसी नगरपालिका ११ स्थित भगनी मलेठमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएकाे छ । 
स्थानीय फुलदेश्वर माझी र विन्देश्वर माझीको गरि २ वटा घरमा बिहिबार राति ११ बजे आगलागी भएकाे ईलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएकाे छ । 
प्रहरीकाे अनुसार माझीद्वयकाे काठको दुई तल्ले घर र खन्न खाधवस्तु, लत्ताकपडा सहित घरभित्रका सबै सामान जलेर खरानी भएको छ । 
आगलागीबाट ६ परिवारका घर, गोठ, नगद, गरगहना, लत्ताकपडा, सबारी साधन, खाद्यन्न र बिधुतिय सामाग्रीहरु पुर्णरुपमा नष्ट भएको छ । सप्तकोशी नगरपालिकाको तर्फबाट पिडित परिवारलाई तत्कालका लागि राहत स्वरुप खाद्यान्न सामाग्री, लत्ताकपडा र भाँडाकुडाहरु उपलब्ध गराईएको सप्तकोसी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेनले जानकारी दिनुभयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page