कञ्चनरूप, ८ पुस । सप्तरी प्रहरीले १ सय केजी गाँजा नियन्त्रणमा लिएको छ ।
जिल्लाको बलानबिहुल गाउँपालिका वडा नं.०६ शेहरा चौक भन्दा १ कि.मि.पुर्व स्थित नेपालबाट भारत तर्फ अवैध रुपमा लुकाई छिपाई लगिरहेको अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।
टाँउकोमा बोराहरु बोकी लादै गरेको अवस्थामा प्रहरी टोलीहरुलाई देखि बोराहरु सोही स्थानमा छाडी मानिसहरु भारत तर्फ भागि फरार भएका थिए । उक्त बोराहरु खोली चेकजाँच गर्दा सो बोराहरु भित्र १०० किलो लागू औषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।