बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
मधेस प्रदेश

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त कोइरी पक्राउ

राजविराज । सर्लाही प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला सितामढी ग्रामपंचायत बसबिट्टा बस्ने वर्ष २२ को सुधिर कुमार कोईरी रहेका छन् ।
हिरामन महतोको जाहेरीले वादी नेपाल सरकार भएको अपहरण तथा शरिर बन्धक मुद्दामा वारदात मिति २०८०।०१।१० गते देखि भागि फरार रहेका सुधिर कुमार कोईरी लुकिछिपी बसेका छन् भन्ने प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले माघ १ गते पक्राउ गरेको हो ।
सर्लाही बलरा न.पा. वडा नं. ०३ स्थितबाट पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page