समाचार

प्रेस चौतारी नेपाल सप्तरीको अधिवेशन यहीँ माघ २५ गते हुने

कञ्चनरूप, ८ माघ । प्रेस चौतारी नेपाल सप्तरी शाखाको जिल्ला अधिवेशन यही माघ २५ गते हुने भएको छ ।
जिल्ला अध्यक्ष डम्बर राईको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं सप्तरी इन्चार्ज खगेन्द्र कार्कीको प्रमुख आतिथ्यमा मंगलबार सप्तरीको भारदहमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । 
बैठकले सप्तरीको राजविराजमा अधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले अधिवेशनभन्दा अगाडी सम्पूर्ण सदस्यहरूको नवीकरण गराइसक्नुपर्ने निर्णय समेत गरेको छ । 
अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको चौतारीका सचिव शिव प्रसाद आचार्यले जानकारी दिनुभयो । कृष्ण मण्डलको संयोजकत्वमा तीन सदस्यीय आर्थिक समिति र पिन्टु कुमार यादवको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । 
बैठकमा चौतारीका सल्लाहकार उत्तम आचार्य, जिल्ला सचिव शिवप्रसाद आचार्य, कोषाध्यक्ष भूपदेव माली, प्रदेश कमिटी सदस्य पिन्टु यादव , कार्यसमिति सदस्य नविन यादव, रवि शर्मा लगायतले विभिन्न सल्लाह र सुझाव दिनुभएको थियो ।
साथै नव प्रवेशि कृष्ण कुमार मण्डल धानुकलाई प्रमुख अतिथि कार्कीले खादा ओढाएर चौतारीमा स्वागत गर्नुभयो । 
प्रेस चौतारी नेपाल सप्तरी शाखाको अधिवेशन लगतै प्रदेश र केन्द्रिय महाधिवेशन हुने हुँदा निर्धारित समयमै अधिवेशन हुने अध्यक्ष डम्बर राईले जानकारी गराउनुभयो ।

   

You cannot copy content of this page