समाचार

प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन

काठमाडौं । प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न छैटौं अधिवेशनले शर्माको नेतृत्वमा १७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । यस्तै, उपाध्यक्षमा प्रविण रिजाल, शुभद्रा धिताल, सचिवमा श्रीकृष्ण ढकाल, सह-सचिवमा उत्सव बजगाई, राजु नापित तथा कोषाध्यक्षमा कमल पन्थी चयन भएका छन् । यसैगरि सदस्यमा रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, राम कुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरि प्रसाल सिग्देल, श्रीकृष्ण बस्नेत, सुजन मैनाली निर्वाचित भए ।

   

You cannot copy content of this page