राजविराज, २४ माघ । प्रेस चौतारी नेपाल, सिरहाको सातौं जिल्ला अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनले शिवकुमार साहको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा फिरोज सिद्दिकी र यमुना खनाल निर्वाचित हुनुभएको छ भने सचिवमा सुरेश राय, उपसचिवमा विजय साह र रंजिता कुमारी सिंह, कोषाध्यक्षमा रुनकेस कामती निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा बिन्दे यादव, प्रदीप यादव, सुनिता मगराती, हरिननाथ यादव, महिन्द्र मण्डल र ओमप्रकाश गुप्ता निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज एवं पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव हिरामान लामा, नेकपा एमाले सिराहा जिल्ला अध्यक्ष तथा सिराहा नगरपालिकाका नगरप्रमुख डा. नवीन यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस चौतारी केन्द्रीय सदस्य आच्यूत पौड्याल, धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतो, गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम श्रेष्ठ, भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नरायण यादव लगायतको उपस्थिति रहेको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)