राजविराज । सप्तरीमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ का २० वर्षीय प्रकाश चौधरी रहेको सप्तरी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवान नेतृत्वमा खटिएको टोलीले बोदेबर्साइन नगरपालिका वडा नम्बर १० बाट चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पैदल यात्री चौधरीको शरीर खानतलासी गर्दा उनको गोजीबाट लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरीको साथबाट नाइट्राजेपाम ट्याव्लेट्स ७० पीस, स्पास्मो प्रोजिक्सन प्लस ट्याब्लेट्स १२ पिस,ओसकल ट्याब्लेट्स ५ पीस गरि ८७ पिस र डाइलेक्स डिसी प्लस १०० एमएल २ बोतल बरामद भएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । चौधरीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)