कञ्चनपुर । प्रहरीले कञ्चनपुर जिल्लाबाट लागूऔषधसहित बझाङका दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङ पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र अमर बहादुर रोकाय रहेका छन् ।
इलाका प्रहरी कार्यलय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चेकजाँच गर्दा महेन्द्रको साथबाट ४ किलो ३३९ ग्राम र अमर बहादुरको साथबाट ४ किलो ५८७ ग्राम गरी जम्मा ८ किलो ९२६ ग्राम लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)