समाचार

कञ्चनरूप-१२ रुपनगरद्वारा युवाहरूलाई लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम 

कञ्चनरूप, २२ फागुन । सप्तरीको रुपनगरमा लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । 

बिहीबार कञ्चनरूप नगरपालिका वडा नम्बर १२, रुपनगरको आयोजनामा लागूऔषध विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले युवा शक्ति कुलतमा फस्नु भनेको मुलुकलाई घाटा हो । त्यसैले हाम्रा परिवार, टोल छिमेकका कुनै युवा कुलतमा फस्दैछ भने बेलैमा सचेत गराउन र कुलतबाट छुटकरा दिलाउनको लागि आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्न युवाहरूलाई आग्रह गर्नुभयो । उहाँले यहाँ सिकेका कुराहरूलाई व्यवहार लागु गर्न समेत युवाहरूलाई आग्रह गर्नुभयो । 

कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले लागूऔषध दुर्व्यसनीबाट व्यक्तिगत जीवन मात्रै नभई पारिवारिक, आर्थिक तथा सामाजिक जीवनमा समेत ठुलो असर पर्ने बताउनुभयो । लागूऔषधले व्यक्तिको घर, परिवार, समाज धोस्त बनाउने मात्र नभई उसको करियर समेत धोस्त हुने उहाँले बताउनुभयो ।

वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले यस कार्यक्रमलाई महत्त्वका साथ लिन सहभागी युवाहरूलाई आग्रह गर्दै देशको काध थाप्ने युवाहरू नै भएकालेे कुलतमा नफस्न आग्रह गर्नुभयो । 

कार्यक्रमका प्रशिक्षक सागर नेपाल र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक अरविन्द साहले लागूऔषध दुर्बेशन तथा अपराध विरुद्धमा सहजिकारण गर्नु भएको थियो । उक्त परीक्षणको क्रममा लागूऔषध भनेको के हो ? युवाहरूलाई यसको कुलतमा लाग्न नदिन के कस्तो उपायहरु अपनाउन सकिन्छ र यो अपराधमा संलग्न उपर के कस्तो कानुनी सजाय हुन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । 

वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कञ्चनरूप नगरपालिकाकी कार्यपालिका सदस्य सीता पौडेल, वडा सदस्य दिपक भट्टराई, जल्पा विक, सञ्चारकर्मी लगायतले लागूऔषधबाट हुने नकारात्मक असरहरूको बारेमा युवाहरूलाई जानकारी दिनुभएको थियो ।

कार्यक्रममा स्वागत वडा सदस्य जैनुदिन मियाँले गर्नुभएको थियो भने सञ्चालन वडा सचिव द्वारीका निरौलाले गर्नुभएको थियो । 

सो कार्यक्रममा १२ नम्बर वडाका ४० जना युवाहरुको उपस्थिति रहेको थियो ।

बिश्वव्यापी साझा समस्याको रुपमा रही आएको  लागू औषध प्रयोग नेपालमा पनि समस्याको रुपमा देखिएको छ । बिशेषगरि मदिरा, सूर्तिजन्य पदार्थ गाँजा एवं चरेसको प्रयोग नेपालमा दिनानुदिन बढ्दै गएको तथ्याङकले देखाएको छ । लागूपदार्थको अबैध ओसार पसार तथा कारोबारलाई हातहतियार तस्करी पछिको दोश्रो ठूलो अपराधको रुपमा लिइन्छ ।

oppo_2
   

You cannot copy content of this page