राजविराज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको हो । यो बुधबार रातिदेखि लागू हुने छ ।
अब पेट्रोल प्रतिलिटर १५८ र डिजेल/मट्टितेल लिटरको १४५ रुपैयाँ उपभोक्ताले तिर्नु पर्नेछ । खाना पकाउने ग्यासको प्रतिसिलिन्डर १५ रुपैयाँ ७० पैसा घटेर आए पनि निगमले यहाँ यथावत राखेको छ ।

