सप्तरी । अमेरिकाको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) लट्री २०२६ को नतिजा सार्वजनिक भएको छ । युएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार राति ९:४५ बजे सार्वजनिक गरेको हो ।
ईडीभीको नतिजा ईडीभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा हेर्न सकिन्छ । यस लिंकमा https://dvprogram.state.gov क्लिक गरेर नतिजा हेर्न सकिन्छ।
नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्छ । कन्फर्मेशन नम्बरसँगै त्यहाँ थर र जन्म मितिसमेत राख्नुपर्ने हुन्छ ।

