कञ्चनरूप, ११ जेठ । सप्तरीको महादेवा गाउँपालिकाले सोमबार मिथिला क्ष्रेत्रमा हर्सोल्लासको साथ मनाईने वटसावित्री पर्वको अवसरमा महिला कर्मचारीहरुलाई विदा दिएको छ ।
आज (आइतबार) गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले एक सूचना जारी गर्दै वटसावित्री पर्वको अवसरमा महिला कर्मचारीहरुलाई विदा दिएको जानकारी दिनुभएको छ ।
अध्यक्ष मण्डलद्वारा जारी सूचनामा भनिएको छ ‘मिति २०८२/०२/१२ गते सोमबारको दिन मिथिला क्षेत्रमा हर्सोल्लासका साथ मनाइने वटसावित्री पर्वको उपलक्ष्यमा यस महादेवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा कार्यरत महिला कर्मचारी एवम् यस पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षिकाहरुलाई मात्र विदा दिइएको जानकारी गराइन्छ’ ।


