समाचार

गृहमन्त्री लेखीद्वारा राजबिराज स्थित थारु छात्रावास भवनको शिलान्यास

कञ्चनरूप, ४ असार । मधेश प्रदेश सरकारका प्रवक्ता एवम् गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरीको सदरमुकाम राजबिराजमा रहेको थारु छात्रावास भवनको बुधबार शिलान्यास गर्नु भएको छ ।

मधेश प्रदेश सरकारको चालू आ.व. २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रममा समावेस भएको थारु छात्रावासको भवन निर्माणका लागि गृहमन्त्री लेखीको  विशेष पहलमा रु ४५ लाख बजेट बिनियोजन भएको हो । 

गृहमन्त्री लेखीले २०५२ सालमा स्थापना भएको थारु छात्रावासलाई समयसापेक्ष वृद्धि बिकाश गर्नुपर्ने बताउनुभएको छ । उहाँले छात्रावाससंग भएको जग्गालाई सदुपयोग गर्दै छात्रावाससंगै थारु अतिथी सदनको रुपमा बिकाश गर्दा प्रभावकारी हुने भएकोले सोही अनुसार आगामी बजेटहरुमा योजना तर्जुमा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

साथै उहाँले तत्कालिन राजबिराज नगरपालिकाद्वारा छात्रावासका लागि उपलब्ध गराइएको जग्गा अतिक्रमण भएको विषयप्रती दुख ब्यक्त गर्दै जमिन संरक्षणमा लाग्नको लागि थारु अभियन्ताहरुलाई सुझाब समेत दिनु भएको छ ।

थारु समाजसेवी,अभियन्ता तथा राजनैतिक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भवन शिलान्यास भएको थियो ।

   

You cannot copy content of this page