बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सप्तरीको राजगढमा एक युवकको घाटी रेटी हत्या

राजविराज, १२ असार । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ प्रिपाहीमा बिहीवार एक युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । 

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का छेदीलाल खंगको छोरा बर्ष ३२ को राज कुमार खंगको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको हो ।

स्थानीयले एक पुरुष व्यक्तिको शव देखेपछि प्रहरीलाई जानकारी गराए लगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुसन्धान टोली खटी शवको पहिचान गरेको सप्तरीका प्रहरी प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । 

घटना स्थलमा प्रहरी टोली पुगी प्रारम्भिक अनुसन्धान गर्दा मृतक खंगको पहिचान भई थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।  

घटना स्थलमा मधेस  प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली खटी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

शव परिक्षणको लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page