बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सप्तरीमा युवकको घाँटी रेटि हत्या गरेको आरोपमा एक युवती पक्राउ

कञ्चनरूप, १३ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का ३२ वर्षिय राज कुमार खंगको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ  गरेको छ । युवकको हत्या आरोपमा प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ की २१ वर्षीया तुलसीदेवी सरदारलाई बिहिवार राती पक्राउ गरेको हो ।  

उनलाई सुनसरी इनरुवा नगरपालिका ९ स्थित बबियाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको प्रहरीले जनाएको छ । 

सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसंग आवश्यक समन्वय पश्चात् राती १० बजे नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार वस्नेतले जानकारी दिनुभयो । सरदारको साथबाट मृतकले प्रयोग गर्ने गरेको मोबाइल सेट, घटनामा प्रयोग भएको चक्कु फेला परेको उहाँले बताउनुभयो । 

अभियुक्तलाई  कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको  राजगढ गाउँपालिका ४ पिप्राहीमा बिहीवार बिहान  घाँटी रेटिएको अवस्थामा खंगको शव फेला परेको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page