कञ्चनरूप,०४ साउन । सप्तरी प्रहरीले ३ सय ८८ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३ स्थित नर्घोबाट आइतबार उक्त परिमाणको गाँजासहित एक जना महिलालाई पक्राउ गरेको हो ।
राजगढ ३ का रामकेवल मण्डलको घरबाट उक्त लागूऔषध गाँजासहि उनको श्रीमती बर्ष ४१ की रेखा कुमारी मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सयुक्त टोलीले मण्डलको घर खानतलासी गरी उक्त लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
निर्माणाधीन सौचालयबाट २ बोरा, गाई गोठबाट १ बोरा र घर नजिकको बाँस झ्याङबाट ९ बोरा गरि १२ वटा बोरामा रहेको ३ सय ८८ किलो ७३० ग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित रेखा कुमारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
बरामद गाँजा र पक्राउ परेकी मण्डललाई ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखी अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता बस्नेतले बताउनुभयो ।

