समाचार

सप्तरीमा टेम्पो र मोटरसाइकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु 

राजविराज । सप्तरीको शम्भूनाथ नगरपालिका वडा नम्बर ८ पोखरियामा सोमबार बिहान टेम्पो र मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

भित्री सडक खण्डमा पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ नम्बरको टेम्पो र विपरित दिशाबाट आँउदै गरेको मधेश प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय अजय कुमार चौधरीको शरीरको विभिन्न भागमा चोट लागि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज ल्याई उपचारको क्रममा ईसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

टेम्पो चालक शम्भुनाथ नगरपालिका वडा नम्बर ८ पोखरिया बस्ने वर्ष ४५ को मणिलाल मण्डलको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको र सोही टेम्पोमा सवार उनकी ४० वर्षीय श्रीमती आशा देवी मण्डलको टाउकोमा चोट लागेको छ । दुबै जनाको अवस्थामा मध्यम रहेको छ । 

घाईते दुवै जनाको कल्याणपुर अस्पतालमा उपचार भई रहेको छ भने टेम्पो र मोटरसाइकल प्रहरी चौकी कठौनाको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ ।

मृतकको शव सोही अस्पतालमा रहेको र घटना बारे थप अनुसन्धान भईहरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page