कञ्चनरूप, २९ साउन । सप्तरी प्रहरीले दुई जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका फरार प्रतिवादी राजविराज नगरपालिका १० का शम्भु यादव र सवारी ज्यान मुद्दाका प्रतिवादी छिन्नमस्ता गाउँपालिका ४ का अनिल कुमार पण्डित रहेका छन् ।
यादवलाई मोटरसाइकल चोरी मुद्दामा ६ महिना कैद तथा १२ हजार रुपैयाँ जरिवाना तोकिएको छ भने पण्डितलाई सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएको छ । उनीहरू जिल्ला अदालत राजविराजबाट उक्त मुद्दामा वरदात पश्चात फरार रहेका थिए ।
कैद तथा जरिवाना भएका उनीहरुलाई खोजतलास गरी फेला पारी बिहीबार पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेत जानकारी दिनुभयो ।

