कञ्चनरूप, ९ भदाै । सप्तरीको कञ्चनरुप नगरपालिका–७ धरमपुरस्थित पेट्रोल पम्प नजिक आइतबार राति एक महिला वेवारिसे अवस्थामा मृत फेला परेकी छन् ।
तत्काल नाम थर वतन नखुलेको तराई मुलकी जस्तो देखिने अन्दाजी ४० देखि ४५ वर्ष उमेरकी मागी खाने महिला मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरी चौकी धरमपुरका अनुसार घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।
मृतक महिलाको शव परिक्षणका लागि राजविराज पठाइएको तथा मृतकको परिचय खुल्न बाँकी रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

