समाचार

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन । गैंडाको आक्रमणबाट चितवनमा एक जना पुरूषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२८ मा स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको गैंडाको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । 

‍बिहीबार दिउँसो भरतपुर-२८ अन्द्रौलीस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका सुनारमाथि आक्रमण भएको हो ।

शव परीक्षणका लागि लगिएको तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page