कञ्चनरूप, १७ असोज । सप्तरीको तिरहुत गाउँपालिका १ धनपुरी स्थित पुर्ब पश्चिम राजमार्गमा काठमाण्डौबाट धरान तर्फ जाँदै गरेको हायसले बाटो क्रस गरिरहेको पैदल यात्रीलाई ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।
शुक्रबार साँझ ६:२० बजेको समयमा बा. प्र०३-००१ ख २५८२ नं. को हाईसले बाटो क्रस गरिरहेकी स्थानीय पैदल यात्री बर्ष ७५ की जगिया देबी पंजियारलाई ठक्कर दिँदा उनको उपचारको क्रममा मृत्यु भएको छ ।
शरिरको बिभिन्न भागमा चोट लागेर गम्भिर अवस्थामा उनलाई उपचारको लागि बिराटनगर पठाईएको थियो । बिराट नर्सिङ होममा ७;३५ बजेको समयमा जगिया देवीको इसिजी गर्दा मृत्यू भएको डाक्टरले घोषणा गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ठक्कर दिने हाईस र हाईस चालक जिल्ला धादिङ बेनिरोराङ गाउँपालिका ४ बस्ने बर्ष ४० को मदन श्रेष्ठलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

