समाचार

सप्तरी: पत्रकार भन्दै कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ

कञ्चनरूप , ४ मंसिर । सप्तरीमा आफूलाई म पत्रकार हुँ भन्दै एक व्यक्तिलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ घर भई हाल राजविराज ३ बस्ने विक्की भनिने प्रहलाद सिंह रहेका छन ।

सिंहले गत असोज २६ गते राजविराज २ स्थित गाईलाई गर्भ राख्नको लागि साँढे खोज्न निस्कीएका एक जनालाई गाई चोरी गरि ल्याएको भन्दै म पत्रकार विक्की सिंह हुँ भनी १० हजार माग गरेको र पैसा नदिदा कुटपिट र अभद्र व्यवहार गरेको पीडितले प्रहरीलाई बताएका छन् । 

पीडितले प्रहरीमा उजुरी गरेपछि सिंहलाई बुधबार राति राजविराज २ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो  । 

पक्राउ परेका सिंह बिरुद्ध अभद्र व्यबहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद लिई अन्य अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पुरीले बताउनु भयो ।

   

You cannot copy content of this page