समाचार समाज

सप्तरीमा मोबाइल चोरीको आरोपमा कुटपिट, युवकको मृत्यु

कञ्चनरूप, ६ मंसिर । सप्तरीमा मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका ६ फकिरा घर भई राजविराज नगरपालिका १६ बोरिया बस्दै आएका १९ वर्षीय मुकेश यादवको मृत्यु भएको हो ।

यादवलाई मोबाइल चोरी गरेको आरोपमा छिमेकीले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते  यादवको शुक्रबार उपचारका क्रममा छिन्नमस्ता अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

गत मंसिर ३ गते छिमेकी सरो कुमारी साहको मोबाइल हराएको थियो । मोबाइल मुकेशले नै चोरी गरेको भन्दै सरो सहितका अन्य छिमेकीले समेत निर्घात कुटपिट गरि घाइते बनाएका थिए ।

कुटपिटमा संलग्न सरो र उनका छिमेकी सन्तोष राउतलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page