मधेस प्रदेश समाचार समाज

राजविराज कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका कैदी मण्डल पक्राउ

कञ्चनरूप, ७ मंसिर । सप्तरी प्रहरीले राजविराज कारागारमा जवर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरि रहेको अवस्थामा फरार रहेका एक कैदीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साईन नगरपालिका–१ महनौरीका ४५ वर्षीय कामेश्वर मण्डल रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बोदेवसाइनबाट खटिएको प्रहरी टोलीले मण्डललाई शनिबार दिउँसो आफ्नै घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मण्डल भदौ २५ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार राजविराजबाट भागेका थिए । 

मण्डल २०८० साल पुस २९ गते छिमेकी अधबैंसे महिलामाथि बलात्कार गरेको अभियोगमा दोषी ठहर हुँदा जिल्ला अदालत सप्तरीले उनलाई ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो । उनले १९ महिना मात्र कैद भुक्तान गरेका थिए ।

पक्राउ परेका मण्डललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक पुरीले बताउनुभयो ।

   

You cannot copy content of this page