समाचार

कञ्चनरूपमा हात्तीको आक्रमणबाट ६५ वर्षीय खंगको मृत्यु

उत्सव आचार्य 

कञ्चनरुप, १८ मंसिर । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ पिपरामा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीय नारायण खंगको बिहीबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो । 

आफ्नो घर भन्दा २ कि.मि. पश्चिममा रहेको आफ्नै खेतमा काटिएको धान रुङगन गएका खंगलाई जंगली हात्ती आई शरिरको बिभिन्ना भागमा किच्दा घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

राति के-कुन समयमा जंगली हात्तीले उनलाई आक्रमण गरेको हो यकिन नभएको प्रहरीले जनाएको छ ।  

 घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page