कञ्चनरूप, १९ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा बिहिवार राती १०:४५ बजेको समयमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनको मृत्यु भएको छ । दुर्घटनामा दर्जन यात्रु घाइते भएका छन् ।
जनकपुरबाट काकडभिट्टा तर्फ जादै गरेको मधेश प्रदेश ०२-००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र बिपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४४०२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटना हुँदा बसमा सवार ५५ जना मध्ये एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रुहरु घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनामा नाम थर वतन नखुलेको अन्दाजी बर्ष ५० को पुरुष व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटना स्थलमै रहेको तथा ट्रक इलाका प्रहरी कार्यालय कंचनपुरमा ल्याई घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कंचनपुरबाट डिएसपी माधव प्रसाद काफ्लेले बताउनुभएको छ । दुर्घटनापछि ट्रक चलाक फरार रहेकोले खोजी कार्य भइ रहेको छ ।

घाइते हुनेमा
बस चालक जिल्ला महोत्तरी बर्दिवास न.पा. १२ बस्ने बर्ष अ. ३५ को प्रबिन कुमार विश्वकर्माको ढाँड, कम्मर र बाँया खुट्टामा चोट अबस्था सामान्य धर्मेश्वर अस्पताल ठेलियामा उपचार भई रहेको छ ।
१. नाम थर वतन नखुलेको अं. बर्ष ५० को पुरुष ब्यक्तीको २३;४५ बजे धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको शव सोही अस्पतालमा रहेको ।
२. देश भारत जि. मधुवनि सुजातपुर न.पा. ११ बस्ने अं. बर्ष ३२ को मो. सहिदको कान, टाउको ढाँडमा चोट अबस्था मध्यम धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगरमा पठाईएको ।प्राइम अस्पताल बिराटनगरमा उपचार भई रहेको ।
३. देश भारत ऐ. बस्ने बर्ष १२ को अलताफ ईनताफको टाउको र छातीमा चोट अवस्था मध्यम धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर रेफर । प्राइम अस्पताल बिराटनगरमा उपचार भई रहेको
४. देश भारत रागोरपुर बख्री ४ बस्ने बर्ष अं. २२ को अनिस कुमार शर्माको टाउको र बाँया पाखुरामा चोट धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भई रहेको ।
५. देश भारत जिल्ला सितामाडी भिठामोड ४ बस्ने वर्ष २४ को सुभान्सु कुमार झा को टाउको, नाक पाखुरामा चोट अबस्था सामान्य धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भई रहेको ।
६. देश भारत सिरखण्डी भिठा गा.पा. ६ बस्ने वर्ष ७३ की शान्ती देबीको टाउकोमा चोट अबस्था मध्यम धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भई रहेको ।
७. जि. महोत्तरी जलेश्वर न.पा. ४ बस्ने वर्ष ५४ को जेरुद्र झाको चिउडो र दाहिने हातमा चोट अवस्था मध्यम धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइ रहेको ।
८. जि. सुनसरी हरिनगरा ग.पा. ४ बस्ने बर्ष ३१ को शंकर कुमार मेहताको टाउको र नाकमा चोट अवस्था मध्यम धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा समान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर रेफर । प्राइम अस्पताल बिराटनगरमा उपचार भई रहेको
९. जि. धनुषा लक्ष्मनिया गा.पा. ६ बस्ने बर्ष २३ को सोनु राम टाउकोमा चोट अवस्था सामान्य धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भई रहेको ।
१०. जि. झापा बुद्धशान्ती गा.पा. १ बस्ने टिका देबी दुलालको टाउको र बाँया खुट्टामा चोट अवस्था मध्यम धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भई रहेको ।
रेफर भएको ब्याक्तीहरु
११. जि. सर्लाही पर्सा गा.पा. ६ बस्ने बर्ष ४० को मनोज कुमार साह टाउको र खुट्टामा चोट अवस्था मध्यम धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर रेफर । प्राइम अस्पताल बिराटनगरमा उपचार भई रहेको
१२. जि. मोरङ सुन्दर हरैचा न.पा. ४ बस्ने वर्ष २७ की कृतिका कोईराला शरिरको भित्री भागमा चोट अबस्था मध्यम धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर रेफर । प्राइम अस्पताल बिराटनगरमा उपचार भई रहेको













