समाचार

सप्तकोशी नदिमा नुहाउने क्रममा डुबेकी एक महिलाको सकुशल उद्धार

कञ्चनरुप, १९ पुस । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ स्थित रहेको कोशी ब्यारेजमा (सप्तकोशी) नदीमा डुबेकी एक महिलाको प्रहरीले शनिबार सकुशल उद्धार गरेको छ।
सुनसरीको आपबारी घर भएकी लगभग ४५/५० वर्षिय सरिता सुबेदी कोशी ब्यारेजमा पौष शुक्ल पुर्णिमाको अवसरमा लागेको मेलामा कोशी ब्यारेजको दक्षिण साईडमा सप्तकोशी नदिमा नुहाउने क्रममा अचानक चिप्लि पानीमा डुबेकी थिइन् ।
सरितालाई पानीमा डुबि रहेको अवस्थामा इलाका प्रहरी कार्यालय भारदह र सशस्त्र बेश क्याम्प भारदहबाट खटिएको संयुक्त प्रहरी टोलीले निज महिलालाई पानीबाट सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।
महिलालाई थप उपचारको लागी बिराटनगर तर्फ पठाइएको तथा अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page