समाचार

सप्तरी कारागारबाट फरार बन्दी नागेन्द्र पाल विराटनगरबाट पक्राउ

सप्तरी, २९ पुस । जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला कारागार सप्तरीमा थुनामा रहेका एक बन्दी फरार भएपछि प्रहरीले पुनः पक्राउ गरेको छ । 

जिल्ला सप्तरी, सम्भुनाथ नगरपालिका वडा नं. ३ निवासी नारायण पालका ३२ वर्षीय छोरा नागेन्द्र कुमार पाल भदौ २५ गते ‘जेन्जी आन्दोलन’ का क्रममा कारागारबाट भागी फरार भएका थिए । फरारपछि उनको खोजतलास तीव्र पारिएको थियो ।

सोही क्रममा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार राति करिब २१:४५ बजे मोरङ जिल्ला, विराटनगर महानगरपालिका–२ स्थित बन्जराचोक क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो । 

पक्राउपछि उनलाई वडा प्रहरी कार्यालय, विराटनगरमा ल्याई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

हाल पक्राउ परेका बन्दी नागेन्द्र पाललाई आवश्यक कारबाहीका लागि सम्मानित मोरङ जिल्ला अदालतमा पेश गर्ने प्रक्रिया अघि बढिरहेको छ । प्रहरीका अनुसार फरार बन्दीलाई नियन्त्रणमा लिने कार्यले कानुनको कार्यान्वयन र सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

   

You cannot copy content of this page