समाचार

मनकामना दर्शन गरेर फर्किँदै गरेको ईभी दुर्घटना, ७ भारतीयको मृत्यु, ८ घाइते

धादिङ । मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रो बस (ईभी) दुर्घटनाग्रस्त हुँदा ७ जना भारतीय नागरिकको मृत्यु भएको छ ।
शनिबार राति करिब ८ बजे शहीदलखन गाउँपालिका–३ कनटारमा ईभी दुर्घटनामा परेको हो । दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीमा १५ जना भारतीय नागरिक सवार रहेको बताइएको छ । तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ ।
घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनापछि घटनास्थलमा सशस्त्र प्रहरीको टोली खटिएर उद्धार कार्य गरेको थियो । दुर्घटनामा परेको गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page